सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बसको ठक्करबाट एकजनाको मृत्यु

२०७६ कार्तिक १७, ०४:५६ खबर संवाददाता

कैलालीमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिका १० पहलमानपुरमा भे १ ख १७३२ नम्बरको बसले से ३ प ६३७६ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाईते भएका छन्।

स्थानीयका अनुसार मोटरसाईकलमा सवार घोडाघोडी नगरपालिका १० का रामबहादुर चौधरीको घटनास्थलमै मृत्यु भएको छ। घाईतेको घोडाघोडी अस्पतालमा उपचार भईरहेको छ। घटना स्थलमा प्रहीले भने पुगेको छैन्। पश्चिमबाट पूर्व जादै गरेको पिकनीकको बसले रोड क्रस गर्ने बेला मोटरसाईकलालई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन्।  

कमेन्ट लोड गर्नुस