कैलालीमा तिहारको अवधीमा ६५ जना पक्राउ
कैलालीमा तिहारको अवधीमा विभिन्न अभियोगमा ६५ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार तिहारको पाँच दिनको अवधीमा जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो।
कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले तिहारमा देउसी भैलो खेल्ने क्रममा भै–झगडा, कुटपिट गर्ने, मदिरा सेवन गरी मोटरसाईकल चलाउने, चेकजाँचका क्रममा प्रहरीसँग विवाद गर्ने, मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिने, होहल्ला गर्ने गरी ६५ जनालाई पक्राउ गरिएको जानकारी दिए।
उनीहरु १३ जनामाथि मुद्दा चलाउने तयारी भईरहेको प्रहरी नायब उपरिक्षक बस्नेतले बताए। ५२ जनालाई भने सम्झाईबुझाई गरी छोडिएको उनले बताए।
उनीहरु मध्ये ईलाका प्रहरी कार्यालय टीकापुरले सबैभन्दा बढि २३ जना, जिल्ला प्रहरी कार्यालयले १९ जना, ईलाका प्रहरी लम्कीले १७ जना र ईलाका प्रहरी कार्यालय सुख्खडले छ जनालाई पक्राउ गरिएको थियो।