कर्णाली नदीमा एकै पटक ९० डुंगामा नेपाल र भारतका सयौ पर्यटकद्धारा जलयात्रा (भिडियो रिर्पोट सहित)
नियमित जलयात्राको व्यवस्था मिलाउन माग
जलयात्राको प्रचुर सम्भावना रहेको कर्णाली नदीमा एकै पटक ९० डुंगामा सयौ मानिसहरुले जलयात्रा गरेका छन । गोदावरी चेम्वर अफ कमर्सको आयोजनामा भएको जलयात्रामा नेपाल र भारतका गरी सयौ पर्यटकहरु सहभागी भएका थिए । कर्णाली नदीमा एकै पटक ठुलो संख्यामा जलयात्रा गराईएको यो पहिलो पटक हो । कर्णालीमा गराईएको जलयात्रामा सहभागी पर्यटकहरुले प्रदेश ७ को पर्यटनलाई माथि उठाउन कर्णालीमा नियमित जलयात्राको व्यवस्था मिलाउनुपर्नेमा जोड दिएका छन । कर्णालीमा नियमित रुपमा जलयात्राको व्यवस्था मिलाउन सके प्रदेश ७ को पर्यटन क्षेत्रले ठुलो फड्को मार्ने उनीहरुको भनाई छ ।
नेपाल र भारतका गरी एक हजारभन्दा बढी पर्यटकहरुलाई सहभागी गराएर कर्णाली नदिमा पहिलो पटक ९० ओटा डुंगाको एकै पटक प्रयोग गरेर जलयात्रा गराईएको हो । कर्णाली पुलबाट झण्डै २५ किलोमिटर माथि कैलालीको कुईने र सुर्खतको बावियाचौर जोड्ने बिन्दुबाट झण्डै डेढ घण्टा लामो जलयात्राको आनन्द लिएका पर्यटकहरुले अब कर्णालीमा नियमित जलयात्राकोे व्यवस्थापन हुनुपर्ने आवाज उठाएका छन । नेपालकै सबैभन्दा लामो नदीका रुपले चिनिएको कर्णालीमा जलयात्राको प्रचुर संम्भावना छ । तर विभिन्न कारणले कर्णाली नदिमा अहिलेसम्म नियमित रुपमा जलयात्राकोे व्यवस्था मिलाउन सकिएको छैन । पर्यटनको क्षेत्रमा यो गर्छाै त्यो गर्छाै भन्नुभन्दा पनि कर्णालीमा नियमित जलयात्राकोे व्यवस्थापन मात्रै गरिदिए प्रदेश ७ धनी प्रदेशका रुपमा चिनिन धेरै समय नलाग्ने जलयात्राका बिज्ञ तथा एडभेन्चर रिभर ट्राभल्सका प्रवन्धक कमल ठकुरीले वताए ।
ठकुरीले प्रदेश ७ को सेती नदिमा पनि जलयात्राकोे संम्भावना रहेको भन्दै सेतीमा पनि जलयात्राकोे सुरुवात गरेका थिए । आज कर्णालीमा गरिएको जलयात्रामा पनि उनको टिमले सहयोग गरेको थियो । कर्णालीमा आयोजना गरिएको जलयात्रामा सानो प्रयासका बावजुत पनि ठुलो सहभागीता भएपछि आयोजक दंग थिए । आयोजक गोदावरी चेम्वर्स अफ कमर्सका अध्यक्ष बिनोद मल्लले सवै सहभागीताले जलयात्राको कार्यक्रम सफल भएको वताए ।
कर्णाली नदी प्रदेश नम्वर ७ सहित ६ नम्वर अर्थात कर्णाली प्रदेश र ५ नम्वर प्रदेशका बिभिन्न जिल्लालाई छोएर बगिरहेको छ । अहिलेसम्म कर्णालीलाई नदीका रुपमा मात्रै हेरिएको र अप यो नदिपाट आर्थिक सम्वृद्धि प्राप्त गर्न जलयात्रा लगायतका गतिविधि वढाउन प्रदेश सरकारले काम गर्ने हरियो झण्डा देखाएर जलयात्राकोे उद्घाटन गरेका मुख्यमन्त्री त्रिलोचन भट्टले वताए । कर्णाली नदी सुन्दरताका हिसावले पनि प्रख्यात मानिन्छ । त्यसैमा कर्णालीमा बनेको जापानिज प्रविधिको एक खम्वे पुलको सुन्दरताले पनि त्यस क्षेत्रमा पर्यटकिय गतिविधि बढाएको छ । यो संगै अव कर्णालीमा नियमित जलयात्राकोे व्यवस्थापन गर्न सके नेपाल र भारतका पर्यटकहरुको प्रमुख पर्यटकीय गन्तव्य बन्ने र त्यसले प्रदेश ७ को आर्थिक सम्वृद्धिमा टेवा पुगाउने कुरामा दुई मत छैन ।