सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा दशैँ तिहारमा झण्डै सवा तीन लाख नगद सहित ५३ जुवाडे पक्राउ

२०७६ कार्तिक १२, ०३:१४ खबर संवाददाता

कैलालीमा दशैँ तिहारका समयमा जुवातास खेल्ने ५३ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले दशैँ र तिहारमा गरी झण्डै सवा तीन लाख नगद सहित ५३ जना जुवाडेलाई पक्राउ गरिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता  प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले  तीन लाख १३ हजार नगद सहित दशैँ तिहाको समयमा जुवा खेल्ने र खेलाउने गरी ५३ जनालाई पक्राउ गरी कारवाहीको दायरामा ल्याईएको जानकारी दिए।

बस्नेतका अनुसार कात्तिक ४ गते साढे एक लाख नगद सहित गोदावरी नगरपालिका गोदावरी नगरपालिकाको लालपुरबाट २८ जुवाडेलाई पक्राउ गरी धरौटीमा रिहा गरिएको बताए।

उनले जुवा खेलाउने ओली होटलका सञ्चालक सहितलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा धरौटी बुझाएर रिहा भएको जनाए।

यस्तै कात्तिक ९ गते गोदावरी नगरपालिका वडा नम्बर १२ बाट ३३ हजार नगद सहित सातजना, असोज २८ गते धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बाट ८८ हजार नगद सहित सातजना र गत असोजमा धनगढी उपमहानरपालिका  वडा नम्बर ४ बाट ४२ हजार नौँ सय ४० नगद सहित १० जना गरी दशैँ तिहारमा ५३ जना जुवाडेलाई पक्राउ गरिएको छ।

उनीहरु विरुद्ध ऐन अनुसार मुद्दा चलाईएको प्रहरीले जनाएको छ। जुवातासको मुद्दा लागेका सबैजना जिल्ला प्रशासन कार्यालयमा धरौटी बुझाएर छुटे सकेको प्रहरी नायब उपरिक्षक बस्नेतले बताए।

 

कमेन्ट लोड गर्नुस