गौरीगंगाको निराजन सामुदायिक वनद्धारा उपभोक्तालाई बाख्रा वितरण
कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ७ महुलिया–मन्कापुरको निराजन सामुदायिक वनले उपभोक्तालाई बाख्रा वितरण गरेको छ। गरीवी निवारण कोषको रकमबाट बाख्रा वितरण गरिएको हो। प्रतिपरिवार सात हजारको एक बाख्रो वितरण गरिएको अध्यक्ष चेतराम चौधरीले जानकारी दिए। सामुदायिक वनका पाँच सय ९१ उपभोक्ता छन्। उनीहरु मध्य अहिले तीन सय ४७ बाख्रा वितरण गरिएका छन्। बाँकी तिहार पछि वितरण गर्ने योजना सामुदायिक वनको छ। वैज्ञानीक वन लागु भएको निराजन सामुदायिक वनको दुई करोड भन्दा बढि आम्दानी छ। ३५ प्रतिशत गरीवी निवारण कोषमा खर्च गर्ने विधानको व्यवस्था अनुसार बाख्रा वितरण गरिएको कार्यालय सचिव पहल विकले बताए।