सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको चिसापानी हुँदै राजकाँडासम्म केवलकार सञ्चालनका लागि तयारी सुरु (भिडियो रिर्पोट सहित)

पर्यटन प्रवद्र्न हुने भन्दै स्थानीय वासिन्दा खुशी

२०७५ जेठ १८, ०३:०८

राजनितिक दलका नेताहरुले विभिन्न स्थानमा केवलकार सञ्चालन गर्ने आश्वासन दिएका वेला प्रदेश  नम्वर ७ मा निजि क्षेत्रवाट केवलकार सञ्चालनका लागि तयारी सुरु भएको छ । कैलालीको चिसापानी हुँदै राजकाँडासम्म केवलकार सञ्चालनका लागि आवश्यक तयारी सुरु भएको हो । केवलकार सञ्चालन हुने भएपछि स्थानीय  वासिन्दाहरु  खुशी भएका छन । उनीहरु त्यसका लागि जग्गा दिन  पनि तयार भएका छन । सुर्योदयका चिनिएको स्थानमा पर्यटन प्रवद्र्धन हुने भन्दै स्थानीय वासिन्दाहरु पनि खुशी भएका छन । प्रदेश नम्वर ७ मा पहिलो केवलकार सञ्चालनको तयारी थालिएपछि स्थानीय वासिन्दाहरु खुशी भएका हुन् । केवलकार सञ्चालन भएपछि विकासले फड्को  मार्ने भन्दै स्थानीय वासिन्दाहरु हर्षित भएका हुन् । प्रशस्त पर्यटकीय सम्भावना भएको क्षेत्रको पर्यटन प्रवद्र्धन हुने स्थानीय मानवहादुर खत्रीले आशा व्यक्त गरे । 

सुर्यादयको मनोरम दृश्य देखिने राजकाँडा एउटा ऐतिहासिक स्थान मानिने गरिएको छ । केवलकार सञ्चालन भएपछि ऐतिहासिक र धार्मिक महत्व वोकेको स्थानले मुहार फेर्ने र स्थानीयको जिविकोपार्जनमा पनि टेवा पुग्ने आशा  स्थानीयले गरेका छन । अर्का स्थानीय मीनवहादुर वोहोरा पनि पर्यटक आएर राजकाँडाको विकास हुने अपेक्षा गरेको वताए । ३ दशमलव २ किलोमिटर दुरीको केवलकार सञ्चालनका लागि जल्पादेवी केवलकार चिसापानी–राजकाँडा कम्पनी दर्ता भएको छ भने सम्भाव्यता अध्ययन र प्रारम्भिक अध्ययन सम्पन्न भएपछि अन्य  तयारी पनि सुरु  गरिएको छ । चालु आर्थिक वर्षभित्रै जग्गा कम्पनीको  नाममा गरेर केवलकार सञ्चालनका लागि निर्माणको काम अगाडी वढाउने प्रक्रिया भईरहेको केवलकार सञ्चालनका लागि काम गरिरहेका ईन्जिनियर रामशरण सापकोटाले जानकारी दिए ।

केवलकार अवको चार वर्षसम्म  सञ्चालनमा ल्याउने लक्ष्यका साथ तयारी थालिएको हो । ढाई अर्वको लगानी रहने केवलकारमा ६० प्रतिशत ठुला लगानीकर्ता र ४० प्रतिशत कैलालीका लगानीकर्ताहरुले लगानी गर्नेछन । सवै स्थानीय जनता लगायतका यहाँका लगानीकर्ताहरुका साथै स्थानीय तह र प्रदेश  सरकारलाई पनि केवलकारमा लगानी गर्ने वातावरण वनाउने सोही क्षेत्रका प्रदेश सभा सदस्य रतन थापाले वताए । सुर्योदय सुन्दर दृश्य देखिने राजँकाडासम्म पर्यटकीय क्षेत्र चिसापानी हुँदै केवलकार सञ्चालनसँगै त्यहाँ होम स्टे लगायतका विभिन्न  पर्यटकहरुलाई आकर्षित पार्ने संरचनाहरु निर्माण गरिने छन । त्यसका लागि जग्गादिनका  लागि स्थानीय वासिन्दाहरुले सहमति जनाएसँगै निर्माणको लागि काम गरिरहेको लगानीकर्तामध्येका एक जना लगानीकर्ता सुर्यवहादुर थापाले जानकारी दिए । 

 

कमेन्ट लोड गर्नुस