सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको भाउ ६ सय रुपैयाँले बढ्यो

२०७६ कार्तिक ८, १२:५७ खबर संवाददाता

सुनको भाउ शुक्रबार ६ सय रुपैयाँ बढेर तोलाको ७१ हजार पुगेको छ। गत बिहीबार र बुधबार तोलाको ७० हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै चाँदी शुक्रबार तोलामा १० रुपैयाँ बढेर तोलाको ८ सय ६० रुपैयाँ पुगेको छ। 

गत शुक्रबारदेखि नै तोलाको ८ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ एक हप्तापछि बढेको हो। 
 

कमेन्ट लोड गर्नुस