सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली, कञ्चनपुरमा हुलाकी सडकको निर्माण : १० बर्षमा ५५ प्रतिशत प्रगती

२०७६ कार्तिक ८, ०७:११ कमल सावद

कैलाली र कञ्चनपुरमा हुलाकी सडकको निर्माण सुरु भएको १० बर्षमा ५५ प्रतिशत मात्रै प्रगती भएको छ। आर्थिक बर्ष २०६६÷०६७ देखि निर्माण सुरु भएकोमा १० बर्षमा ५५ प्रतिशत मात्रै प्रगती भएको हो। राष्ट्रिय गौरवको योजना रहेपनि हुलाकी सडकको निर्माणले तिव्रता नपाउँदा अझै काम अधुरो छ। 

सडक निर्माण गर्ने कम्पनीहरुले कामलाई तिव्रता दिन नसक्नु र विभिन्न क्षेत्रको अवरोधका कारण सडकको प्रगती अपेक्षाकृत रुपमा अगाडी बढ्न नसकेको हुलाकी सडक योजना कार्यालय धनगढीका प्रमुख रामपुकार जयसवालले बताए।

‘दशैँको समयमा रोकिएको सडक निर्माणको कार्य अहिले पनि सुचारु भएको छैन्,’ उनले भने, ‘अव सडक निर्माणको काम तिहारपछि मात्रै अगाडी बढ्ने छ।’ 

‘कैलाली जिल्लामा अझै २४ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी रहेकोमा कञ्चनपुरम भने अहिले सम्म कालोपत्रे समेत सुरु भएको छैन्। कैलालीमा आर्थिक बर्ष २०६६÷६७ मा र कञ्चनपुरमा आर्थिक बर्ष २०७२/०७३ मा सडक निर्माण सुरु भएको थियो।’ हुलाकी सडक योजना कार्यालय धनगढीका प्रमुख जयसवालले भने। 

कैलाली जिल्लामा बसन्ता क्षेत्रको १८ किलोमिटर र धनगढी क्षेत्रको ६ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी रहेको उनले बताए। कैलाली जिल्लामा बसन्ता क्षेत्रमै पर्ने २ किलोटिमर सडकको निर्माण बर्षाैदेखि रोकिएको थियो। अहिले सम्म सडक निर्माणको चरणमा गएको छैन्।

योजना कार्यालयक अनुसार सडक निर्माणका लागि कटानी गर्नुपर्ने रुखको तथ्याङक पनि पूर्ण भएको छैन्। धनगढीको क्याम्पस चौकदेखि भन्सार सम्मको ६ किलोटिमर सडक निर्मााणको चरणमा छ। तर अहिले काम रोकिएको छ। कञ्चनपुर खण्डको पनि काम अहिले रोकिएको  छ।

भारततीय पक्षको अवरोधका बिच कामलाई निरन्तरता दिर्न निर्देशन आएको छ। भारत सरकारको सहयोगमा सुरु गरिएको कैलाली र कञ्चनपुरको हुलाकी सडक योजना  १० वर्षको अवधिमा लम्की खक्रौला सडकको साढे २७ किलोमिटर र धनगढी सत्ती सडकखण्डको ४४ किलोमिटर मात्रै निर्माण सम्पन्न भएको छ।

१२ पुलमा कान्द्रा नदीको पुलको पनि निर्माण  पूर्ण भएको छैन्। कञ्चनपुरको डोकेबजार–कालिका–बेलौरी–बेल्डाँडी–दैजी हुँदै महेन्द्रनगर जोड्ने हुलाकी सडकको पनि अहिले सम्म कालोपत्रे सुरु भएको छैन्। दक्षिण तराईको आर्थिक समृद्धिसंग जोडिएको हुलाकी सडकको काम निकै सुस्त गतिमा हुँदा आवतजावतमा पनि सास्ती भइरहेको छ।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस