सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा स्काभेटरले किच्दा एक जनाको मृत्यु

२०७६ कार्तिक ७, १०:३७ खबर संवाददाता

बैतडीमा स्काभेटरले किच्दा एक जनाको मृत्यु भएको छ। मेलौलीको लामालेक–ढणौन सडकखण्डको पेलेमा स्काभेटरमा सवार रहेका मेलौरी नगरपालीका ५ पेलेका ५५ वर्षिय शुक्र सिंह पुजाराको एक्कासी खसेर स्काभेटर किच्दा मृत्यु भएको प्रहरीले जनाएको छ। 
लामालेक–ढणौन सडक निर्माणको काम गरिरहेको स्काभेटरलाई घर निर्माणको लागी खन्नका लागी पुजार ल्याउदै गरेका अवस्थामा आज बिहान ८ बजे पेले भन्ने स्थानमा खसेका इलाका प्रहरी कार्यालय मेलौलीका प्रहरी नायव निरीक्षक मानसिंह बोहराले जानकारी दिए।

स्काभेटर चालक दशरथचन्द नगरपालिका २ देहिमाडौंका ३० बर्षीय शेरसिंह बोहरा भने फरार रहेको प्रहरीले जनाएको छ।  उनको खोजी भइहरेको प्रहरी नायव निरीक्षक बोहराले जानकारी दिए। शव क्षेतबिक्षेत अवस्थामा घटनास्थमै रहेको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।

कमेन्ट लोड गर्नुस