सुदूर नेपाललाई विश्वसँग जोड्दै

भरुवा बन्दुक सहित पक्राउ परेको चार सार्वजनिक

२०७५ जेठ १७, ०२:००

तीन थान अबैध भरुवा बन्दुकसहित पक्राउ परेको चार जनालाई प्रहरीले सार्वजनिक गरेका छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बिहीबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो। मंगलबार गन्यापधुरा गाउँपालिका ३ का दुई वटा घरमा लुकाइछिपाइ राखेका तीनवटा बन्दुकसहित प्रहरीले चार जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा गन्यापधुरा ३ कान्तिपुरका ३५ वर्षीय केशबबहादुर शाही, सोही ठाउँका ५३ वर्षीय शंकरबहादुर शाही, २९ वर्षीय कर्णबहादुर भूल र ३० वर्षीय टेकबहादुर भूल रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए।

केशवबहादुरले कर्णबहादुर र टेकबहादुरको अवैध एकनाले दुई थान भरुवा बन्दुक लुकाउनमा सहयोग गरेको प्रहरीले जनाएको छ। उनीहरुमाथि हातहतियार खरखजाना ऐन, २०१९ बमोजिम आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जोशीले बताए। पक्राउ परेकासँग लाइसेन्स छ भन्ने सुनिएको तर नविकरण नभएको भन्ने कुरा पनि सुन्नमा आएकाले यसविषयमा अनुसन्धान भईरहेको उनले बताए। अनुसन्धानका क्रममा अवैध ठहरिएमा खरखजाना ऐन, २०१९ दफा २० अनुसार तीन वर्षदेखि पाँच वर्षसम्म कैद वा ६० हजारदेखि एक लाखसम्म जरिवाना हुने प्रहरी नायब उपरीक्षक जोशीले बताए।

 

कमेन्ट लोड गर्नुस