बैतडीमा सडक निर्माण गर्दा स्थानीयमाथि डोजर मार्फत आक्रमण, ८ जना घाईते
बैतडीको दशरथचन्द नगरपालिका वडा नम्वर ९ ग्वाल्लेकमासडक निर्माणका बिषयमा विवाद हुँदा भएको झडपमा परी ८ जना घाईते भएका छन्। सुण्नाखानदेखि पार्स सम्मको सडक निर्माणका बिषयमा विवाद हुँदा भएको झडप परि ८ जना घाईते भएका हुन्।
स्थानीय गौरा जोशीलाई डोजरबाटै आक्रमण भएपछि विवादले झडपको रुप लिएको हो। सडक लैजान नदिने पक्षका गौरा जोशी र सुरेशप्रसाद जोशी घाइते भएका छन् भने सडक निर्माण हुनुपर्ने पक्षका नारायण जोशी, सन्तोष जोशी, पुष्कर जोशी, दिनेश जोशी, भोजराज जोशी र धर्मानन्द जोशी घाइते भएका छन्।
स्थानीयले मुआब्जा बिना आफ्नो जमिनमा डोजर चलाएको भन्दै विरोध जनाएका थिए। यता सडक निर्माण समितिका अध्यक्ष केशवदत्त जोशीले सडक निर्माण गरिरहेको अवस्थामा एक्कासी डोजरमा ढुंगामुढा गर्दा झडप भएको बताए।
घाइते सबैको जिल्ला अस्पतालमा उपचार भईरहेको छ भने डोजरको आक्रमणबाट घाईते भएकी जोशीलाई भने उपचारका लागि अन्यत्र रेफर गरिएको छ। पार्स सम्म जोड्ने अर्को सडक पनि काट्ने काम भईरहेकोले गाउँलेहरु दुवै समूहमा विभाजन हुँदा झडप भएको प्रहरीले जनाएको छ।