गरिमा धानको बीउले ठगिएका कैलालीका किसानद्धारा संर्घष समिति गठन
गरिमा धानको बीउले ठगिएका कैलालीका किसानले संघर्ष समिति गठन गरेका छन्। कैलालीको मसुरिया क्षेत्रका किसान भेला भएर संघर्ष समिति गठन गरेका हुन्। किसान बासुदेव गुरागाईको संयोजकत्वमा समिति गठन गरिएको हो। सदस्यहरुमा नैनसिँह बुढामगर, भरखरी चौधरी, रमेश बोगटी, सुरज चौधरी, दिपेन्द्र चौधरी, सन्तराज चौधरी र सविता चौधरी सहित नौ सदस्य रहेका छन्।
नगरपालिका क्षेत्रका एक सय पाँच जना किसानको भेलामा सहभागिता रहेको थियो। उनीहरुले गरिमा र सिन्दुरी धानका कारण ठगिएको भन्दै क्षतीपुर्तीको माग गर्दै आएका छन्। उत्पादन नदिएको गरिमा धानको बीउबाट ठगिएका किसानलाई क्षतीपुर्ती नदिए आन्दोलन गर्ने समितिका संयोजक गुरागाईले बताए। धान काट्ने समय हुँदा पनि धानको बाला नलागेपछि किसान चिन्तित छन्। सरकारले बाला नलागेको धान नकाट्न भनेपछि हिँउदे खेतीका लागि पनि अन्यौलता भएको गौरीगंगा नगरापलिका वडा नम्बर ११ का किसान रमेश चौधरीले बताए।