सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको फुलवारीमा गाई काट्ने तीन जना पक्राउ

२०७६ कार्तिक २, ०७:११ खबर संवाददाता

धनगढी उप–महानगरपालिका वडा नम्वर १४ फुलवारीमा गौहत्यामा संग्लन रहेको आरोपमा दुई जना नाबालक सहित तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले वडा नम्वर १४ कै ४२ बर्षीय अशोक तामाङ र अन्य दुई जना नाबालक पक्राउ गरेको हो। 

उनीहरुले स्थानीय  गीता चौलागाईको गोठमा बाँधेर राखेको गाई राती चोरेर जंगलमा लगेर हत्या गरेका थिए। ‘मासु खानका लागि उनीहरुले गाईको हत्या गरेको बुझिएको छ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले भने, ‘मासु खाने तयारी गरिरहँदा प्रहरी परिचालन भएपछि मासु गाडिएको थियो, हामीले गाडिएको मासु समेत बरामद गरेका छौ।’

उनले उनीहरुमाथि अनुसन्धानका लागि आज अदालतमा म्याद थप हुने समेत प्रहरी नायव उपरिक्षक बस्नेतले बताए। उनीहरुविरुद्ध गौहत्यामा मुद्धा दर्ता हुने समेत उनले बताए। राती गोठमै बाँधेको गाई बिहान मासु निकालिएको अबस्थामा स्थानीयले जनकाल्याण सामुदायिक वनमा  भेटेपछि प्रहरीलाई खबर गरेका थिए। घटना स्थलमा  गाईको हड्डी, टाउको र छाला मात्र भेटिएको थियो। 
 

कमेन्ट लोड गर्नुस