सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘विप्लव’ समूहका डोटी जिल्ला सदस्य पक्राउ

२०७६ कार्तिक १, ०५:२३ खबर संवाददाता

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका डोटी जिल्ला सदस्य पक्राउ परेका छन्। जोरायल गाउँपालिका वडा नम्बर ६ दह घर भएका ३८ वर्षीय कृष्ण छेडाललाई पक्राउ गरिएको डोटी प्रहरीले जनाएको छ। उनकै घरबाट पक्राउ गरिएको हो।

केही महिना अघि जोरायल गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयको भवनमा आगजनी गरेको आरोपमा छेडालको नाममा प्रहरीले किटानी जाहेरी दिएर पक्राउका लागि जिल्ला अदालत डोटीबाट आदेश माग गरेको थियो।

अदालतले पक्राउ गर्न आदेश दिएपछि नियमित गस्तिमा रहेको प्रहरी टोलीले उनलाई घरबाट पक्राउ गरेको जनाएको छ। छेडाल लामो समयदेखि विप्लव नेकपाको गतिविधिमा संलग्न रही भूमिगत अवस्थामा रहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस