सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा फेरि जीप दुर्घटना, तीन जनाको घटनास्थलमै मृत्यु

तस्विरः कर्ण चन्दको फेशवुकवाट
तस्विरः कर्ण चन्दको फेशवुकवाट
२०७५ जेठ १५, १२:२३

डडेल्धुराको गजरौलामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका– २ मा पर्ने के आई सिंह राजमार्ग अन्र्तगतको गजरौलामा से १ ज ३३० नम्वरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाईते भएका छन । शैलेश्वरी यातायातको दिपायलदेखि धनगढी तर्फ आउँदै गरेको बलेरो पिकअप जीप दुर्घटनामा परेको हो । जीप सडक बाट करिब दुई सय मिटर तल खोलामा खसको प्रहरीले  जनाएको छ ।

दुर्घटनामा परि मृत्यु हुनेमा आर्दश गाउँपालिका डोटीका वडा नम्वर २ का अध्यक्ष प्रेम बोहरा र विनोद रावलको सनाखत भएको छ । जीपमा १३ जना सवार रहेको ट्राफिक प्रहरी कार्यालय सकायलका ईन्चार्ज हवल्दार राम रैसालले बताए । घाईतेहरुलाई उपचारका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरा लगिएको प्रहरीले जनाएको छ । 
 

कमेन्ट लोड गर्नुस