चीनबाट १७ करोड ६३ लाख रुपैयाँको ओखर आयात
रसुवामा चीनबाट १७ करोड ६३ लाख रुपैयाँ मूल्य बराबरको चिनियाँ ओखर आयात भएको छ। रसुवागढी नाका हुँदै २०७४ साउनदेखि यही असोज २७ गतेसम्म १७ करोड ६३ लाख १९ हजार ३ सय ८८ मूल्य बराबरको ओखर आयात भएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार यो अवधिमा ७ लाख ५० हजार ८ सय ६८ केजी ओखर आयात भएको छ। आयात भएको ओखरमध्ये ७२ दशमलव ५२ प्रतिशत अर्थात ५ लाख ४४ हजार ५ सय ३६ केजी छोडाएको ओखर रहेको छ। यस्तै २ लाख ६ हजार ३ सय ३२ केजी ओखर चाहिँ नछोडाएको नै आयात भएको र नेपालमा उत्पादन कम हुने र माग बढ्दै जाँदा आयात पनि बढ्दै गएको कार्यालयले जनाएको छ।