सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश ७ का मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक : मन्त्री गरिव श्रीमती धनी ( विवरण सहित )

२०७५ जेठ १५, १२:०४

प्रदेश नम्वर ७ का मुख्यमन्त्री सहित मन्त्रीहरुको सम्पती विवरण सार्वजनिक गरिएको छ । सवै मन्त्रीको सम्पति न्यून देखिएको छ । अधिकांश मन्त्रीहरुको श्रीमतीका नाममा भने प्रशस्तै सम्पति रहेको छ । त्यो सम्पतिमा श्रीमानको भने योगदान रहेको छैन । मुख्यमन्त्री त्रिलोचन भट्ट भन्दा पत्नी दुर्का धेरै धनी रहेकी छन् । सबै घरजग्गा श्रीमती दुर्का र दाई शालिग्रामको नाममा २० दशमलव ५ रोपनी जग्गा रहेको छ भने बैंकमा ७० हजार रुपैयाँ नगद मौज्दात रहेको छ । यस्तै १ तोला सुन, १५ तोला चाँदी र १ सेट मोवाईल रहेको छ । 
अन्य मन्त्रीहरुको नाममा पनि सम्पती निकै न्युन रहेको छ । सामाजिक विकास मन्त्री दिर्घ सोडारी, आन्तरीक मामिला तथा कानुन मन्त्री प्रकाश शाह, आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराको नाममा पनि सम्पती न्युन छ तर उनीहरुका श्रीमतीसंग भने धनी श्रीमती छन् । यस्तै भौतीक पुर्वाधार विकास मन्त्री पठानसिह बोहराको भने बाजे, वुवा र आफ्नो नाममा सम्पती रहेको छ । उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री मायाँ भट्टले आफ्नै नाममा सम्पती विवरण देखाउनुभएको छ भने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनीता चौधरीले श्रीमानको नाममा सम्पती राख्नुभएको छ । 

कमेन्ट लोड गर्नुस