डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
डोटीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको शिखर नगरपालिका वडा नम्बर ५ का जीप चालक २१ बर्षीय केशब ओझाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मंगलबार बजे दीपायलबाट शिखर नगरपालिका गईरहेको ग १ ज ६१७० नम्बरको जीप तिजाली चुडी नजिक दुर्घटना हुंदा चालक ओझाको घटना स्थलमै मृत्यु भएको हो। सो दुर्घटनामा परि अन्य चार जना घाइते भएका छन्।
दुर्घटना के कती कारणले भयो भन्ने बारे खुल्न नसकेको प्रहरीले जनाएको छ।