धनगढीमा कपडा उद्योगले उत्पादन गरेका ढाका र अल्लोका कपडा बजारमा
विस २०६५ सालमा तीन महिने कपडा बुनाई तालिम लिएका बैतडीको दोगडाकेदारका मानसिंह भाटले पछि केही समय सम्म प्रशिक्षण समेत दिए। प्रशिक्षकका रुपमा काम गरेका भाटले पाँच वर्ष सम्म आफ्नो छुट्टै काम भने थाल्न सकेका थिएनन्। धनगढीकै एक उद्योगमा काम थालेपनि उक्त उद्योग बन्द भएपछि फेरी बेरोजगार भए भाट।
भाटले नै प्रशिक्षण दिएकी जयन्ती भट्ट दम्पत्तीले धनगढीमा उद्योग सञ्चालन गर्ने योजना बनाएका थिए। भट्टका श्रीमना गणेश भारतमा रोजगारी गर्दै आएका थिए। भाट र भट्टकै लगानीमा अहिले धनगढीमा संयुक्त रुपमा उनीहरुले उद्योग सञ्चालनमा ल्याएका छन्। वैदेशीक रोजगारीमा रहेका श्रीमान गणेशबाट राम्रै हौसला र सहयोग पाएपछि जयन्तीले पनि उद्योगमा लगानी गर्ने आट आएको थियो। ‘हामीले उद्योगका लागि आवश्यक पर्ने जनशक्ति, उपकरण तथा कच्चा पदार्थका लागि अध्ययन सुरु ग¥यौँ,’ जयन्तीले भनिन्, ‘यो बिचमा नेपालगञ्जमा पनि कपडा उद्योगमा काम सिक्न गएका थियौँ।’ ‘एक वर्षको अध्ययन पछि गत बैसाख १ गते देखी धनगढीमा सुदुरपश्चिम कपडा उद्योग संञ्चालनमा ल्याएका हौँ।’ उनले भनिन्।
अहिले उद्योगले कपडा उत्पादन गरी बजारमा पठाउन सुरु गरेको सञ्चालयक मध्यका एक मानसिँह भाटले बताए। ‘एक जना प्राविधिक र केही सहयोगिका रुपमा कामदार पनि राखेका छौ,’ उनले भने, ‘सुरुवातमा ६-७ लाख सम्म लगानी लाग्ने सम्भावना बटुलेर उद्योग सञ्चालनमा गरिएकोमा अहिले ३५ लाखको लगानी पुगेको छ्।’ धनगढी उप–महानगरपालिका वडा नम्बर ४ बोराडाँडीमा २ कठ््ठा जग्गा भाडामा लिएर सञ्चालीत उद्योगमा ढाकाका महिलाका कपडा, सल, चोली, सुट, ढाका टोपी, दोसल्ला, खादा लगायतका कपडा उत्पादन गरीरहेका छन्।
उक्त उद्योगमा ७ वटा मेसिन छन, जसमध्ये ४ वटा मेसिन सञ्चालनमा छन्। उद्योगबाट अहिले १५ बढी महिलाले रोजगारी पाएका छन्। उद्योग सञ्चालनका लागि सरकारी क्षेत्रबाट अनुदान सहयोग छैन्। स्थानीय र प्रदेश सरकारबाट अनुदान सहयोग पाए सुदूरपश्चिमलाई ढाकाका कपडामा आत्मनिर्भर बनाउने दावी उद्यमीहरुको छ। सुदूरपश्चिम कपडा उद्योगले उत्पादन बजारमा पठाएकाले अन्य प्रदेशबाट आयात गर्नुपर्ने बाध्यताको अन्त्य हुने बिश्वास जयन्तीका श्रीमन गणेश भट्टको छ।