सुदूर नेपाललाई विश्वसँग जोड्दै

झुलाघाटमा पक्की पुल माग्दै दशैँ विदापछि फेरी अनसन

२०७६ असोज २४, ०५:१६ खबर संवाददाता

बैतडीको झुलाघाटमा पक्की पुल निर्माणको माग गर्दै दशैँ विदापछि फेरी रिले अनसनलाई निरन्तरता दिईएको छ। सार्वजनिक विदा बाहेकका दिनमा रिले अनसनमा बस्दै आएका स्थानीयले कार्यालय खुलेसंगै बीहिबारदेखि जिल्ला प्रशासन कार्यालय अगाडी अनसनलाई निरन्तरता दिएका हुन्।

अनसनको ३४ औँ दिन शुक्रबार (आज) पनि ३१ जनाले सहभागिता जनाएका छन्। झुलाघाट पक्की पुल निर्माण संघर्ष समितिका संयोजक एवं बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले अनसनको ३४ औँ र दशैँ विदापछि दोस्रो दिन पनि विभिन्न स्थानबाट आएका ३१ जनाले अनसन बस्दै मागमा ऐक्यवद्धता जनाएको बताए।

पुल निर्माण संघर्ष समितिले रिले अनसन सुरु गरेको एक महिना चार दिन पूरा भएपनि माग सम्बोधनका विषयमा सरकार उदासिन बनेको छ। यसअघि दुई दशकदेखि झुलाघाटमा पक्की पुल निर्माणको माग गर्दै शान्तिपूर्ण दबाब दिदै आएका थिए तर कुनै सुनवाई नभएपछि गत २२ गतेदेखि रिले अनसन सुरु गरिएएको थियो तर सरकार फेरीपनि उक्त विषयमा मौन देखिएको छ। 

कमेन्ट लोड गर्नुस