सुदूर नेपाललाई विश्वसँग जोड्दै

फेसबुकमा पञ्चेश्वर गाउँपालिका विरुद्ध जथाभावी लेख्नेलाई कारवाहीको माग

२०७६ असोज १८, ०३:११ खबर संवाददाता

बैतडीको पञ्चेश्वर गाउंपालिकाले फेसबुकमा जथाभावी लेख्नेलाई कारवाहीको माग गरेको छ। फेसबुकमा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी विरुद्ध जथाभावी लेखेको भन्दै विद्युतीय अपराध अन्तरगत कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गरेको हो। गाउँपालिकाले झुटा आरोप लगाएर जथाभावी स्टाटस लेख्नेलाई कारवाहीको माग गर्दै शुक्रबार निवेदन दर्ता गरिएको जनाएको छ।

गाउँपालिकाको बेथिती विरुद्धको फेसबुक आइडी र पञ्चेश्वर गाउँपालिकाको नामबाट सञ्चालित फेसबुक आइडीबाट जथाभावी पोष्ट गरिएको निवेदनमा उल्लेख गरिएको छ। यी दुई फेसबुक आइडीबाट पोष्ट भएका सामग्री झुटा भएका र गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई काम गर्न अप्ठ्यारो पार्ने भएकाले फेसबुक आइडी चलाउने व्यक्ति पत्ता लगाएर कारवाही गर्न माग गरिएको हो।

यस्तै, गाउँपालिकाले वडा नंम्बर २ चौडालीका कमलराम सार्की (कमल डेउडाप्रेमी)ले पनि गाउँपालिका विरुद्ध नजथाभावी लेखेको भन्दै उनलाई पनि कारवाही गर्न माग गरिएको छ। निवेदनमा  गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले हस्ताक्षर गरेका छन्।

कमेन्ट लोड गर्नुस