बाजुरामा अरिंगालको टोकाइबाट एक जनाको मृत्यु, तीन जना घाइते
२०७६ असोज १६, ०५:५२
बाजुरामा अरिंगालको टोकाइबाट एक बालकको मृत्यु भएको छ। जिल्लाको बडिमालिका नगरपालिका वडा नम्बर ९ बस्ने ४ वर्षीया सुमित थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
अरिगांलको टोकाईबाट गम्भीर घाइते भएका थापाको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको हो। बिहीबार दिउँसो घर नजिकै खेलीरहेको समयमा अरिगांल आएर टोक्दा अन्य तीन बालक घाइते भएका छन्। तीन जना बालकको उपचार भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस