छोरीको हत्या गरेको आरोपमा थुनामा
जिल्ला अदालत बर्दियाले छारीको हत्या गरेको आरोपमा एक जनलाई थुनामा राख्न आदेश दिएको छ। जिल्लाको बासगढी नगरपालिका—४ पहाडीपुरकी २९ वर्षिया अनु हमाल भन्ने दिल कुमारी थापालाई ६ वर्षीया छोरीलाई मारेको आरोपमा पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।
गत भदौ ९ गते राति थापाकी छोरी सिम्रन खाटबाट लडेर भन्दै उनले उपचारका लागि शिक्षण अस्पताल लगेकी थिइन्। उपचारकै क्रममा सम्रिनाको मृत्यु भएको थियो। यस्तै उक्त घटनामा संलग्न भएको आरोपामा बासगढी—६ मैनापोखर लिङ रोडका ३६ वर्षीय राम चन्द्र भन्ने बासुदेव पौडेललाई समेत पूर्पक्षका लागि थुनामा पठाइएको छ। अनुका श्रीमान् वैदेशिक रोजगारको शिलशिलामा विदेशमा छन्।