सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्व पर्यटन दिवसको अवसरमा शिवपुरीमा सरसफाई

२०७६ असोज १०, ०७:०७ खबर संवाददाता

विश्व पर्यटन दिवसको अवसरमा धनगढीको शिवपुरी धाम क्षेत्रमा सरसफाई गरिएको छ। नेपाल युवा परिषद् कैलालीको आयोजनामा शिवपुरी धाममा सरसफाई गरिएको हो।

दिवसका अवसरमा धनगढी चौराहबाट र्याली सहित शिवपुरी धाममा पुगेर सरसफाई गरिएको युवा परिषद् सुदूरपश्चिम प्रदेश संयोजक बसन्ती सापकोटाले बताईन्। कार्यक्रममा धनगढी उप–महानगरपालिकाका उप–मेयर सुशिला मिश्र भट्ट, बागेश्वरी असल शासन क्लब (बास कैलाली) का अध्यक्ष पाण्डव पुजारा, दारी ग्याङ धनगढीका सदस्य चुडामणी दाहाल, नेपाल युवा परिषद्का सुदूरपश्चिम सदस्य अर्जुनराज जोशी, नगर बाल सञ्जाल धनगढीका अध्यक्ष विजयराज जोशी, सहयोगी हातहरुका सदस्य अविनाश गुरागाई, नेपाल युवा परिषद सदस्य, कल्पना भाट लगाएत ७६ जना युवाको सहभागिता रहेको थियो। 
 

कमेन्ट लोड गर्नुस