गौरीगंगाका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
कैलालीको गौरीगंगा नगरपालिकाका एक सय दुई विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ। नगरपालिकाको वडा नम्बर ९ का चार विद्यालयका एक सय दुई विपन्न परिवारका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो।
वडामा रहेका चार सामुदायिक विद्यालयका विद्यार्थीलाई दुई लाखको शैक्षिक सामाग्री वितरण गरिएको वडा अध्यक्ष हरिप्रसाद तिवारीले बताए। वडामा रहेका महादेव मावि र शंकर प्रावि शंकरपुर, शिवालिक मावि मसुरिया र जनचेतना मावि वनखेतका कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो