सुदूर नेपाललाई विश्वसँग जोड्दै

झुलाघाटमा पक्की पुल निर्माणको माग गर्दै १९ दिनदेखि बैतडीमा रिले अनशसन जारी

२०७६ असोज ९, ०४:३५ खबर संवाददाता

नेपाल–भारत सीमाको झुलाघाट नाकामा पक्की पुल निर्माणको माग गर्दै बैतडीमा १९ दिनदेखि रिले अनसशन जारी रहेको छ। बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दको संयोजकत्वमा गठन भएको पुल निर्माण संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय अगाडी अनशन जारी राखेको हो। झुलाघाटमा पक्की पुल निर्माणको माग गर्दै सुरु गरिएको अनसनमा स्थानीयको ऐक्यबद्धता बढ्दै गएको छ।

१९ औँ दिन आज पनि २९ जना ऐक्यवद्धता जनाउँदै अनसनमा बसेका छन्। पुल निर्माण संघर्ष समितिका संयोजक एवं बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नर बहादुर चन्दले जिल्लाका आज पनि जिल्लाका विभिन्न स्थानबाट आएका २९ जना रिले अनसन बसेको बताए। यस्तै अनसनमा बैतडीका प्रतिनिधिसभा सदस्य दामोदर भण्डारी, प्रदेशसभा सदस्य लिलाधर भट्ट, प्रेमप्रकाश भट्ट, पाटन नगरपालिका वडा नम्बर ९ का अध्यक्ष लोकेन्द्र भण्डारीले पनि सहभागिता जनाएको संयोजक चन्दले बताए।

सांसदहरुले झुलाघाटमा पक्की पुल निर्माणका लागि आफूहरुले पहल गरिरहेको आश्वासन दिएको उनले बताए। तर माग पूरा हुने नहुने विषयमा स्वयंम सांसद नै अन्यौलमा रहेको आफूले पाएको चन्दले बताए। यसैगरी व्यवसायी जनकराज भट्ट, कर्णबहादुर चन्द, शेरसिंह भण्डारी, निर्माण व्यवसायी हरी बोगटी, सिगाश गाउँपालिका ९ का दिनेश बहादुर चन्द, पत्रकार महासंघ बैतडीका अध्यक्ष प्रेमसिह भाट, दशरथ चन्द नगरपालिका ४ का करन बहादुर चन्द, ६ का गोविन्ददेव भट्ट, वडा नम्बर ७ का चक्र प्रसाद शर्मा, वडा नम्बर ५ का नारायण भट्ट, ४ का चुडामणी लेखक, पाटन नगरपालिका वडा नम्बर ३ का रमेश कोली, पाटन १ कै चक्र बहादुर चन्द, दशरथ चन्द नगरपालिका ५ का करन चन्द, १० का उत्तम चन्द, ४ का शंकरदत्त लेखक, ५ का देवबहादुर चन्द, ४ का धनीराम लुहार, ६ का केशव भट्ट पनि ऐक्यवद्धता जनाउँदै  अनसनमा बसेका छन्।

यस्तै मेलौली नगरपालिका वडा नम्बर ७ का कर्ण दयाल, पाटन नगरपालिका १० का अध्यक्ष देवेन्द्र कुँवर, दशरथचन्द ३ का सुर्दशन बोहोरा, ३ कै धनबहादुर क्षेत्री, ७ का दत्तराम बडु, स्थानीय गणेश ठकुराठी, सहदेव भट्ट र नन्दराज भट्टको पनि अनसनमा सहभागिता रहेको संयोजक नरबहादुर चन्दले जानकारी दिए। उनले रिले अनसन बसेको १९ दिन पूरा हुँदा समेत सरकार पक्षबाट कुनै प्रतिवद्धता नआएको बताउँदै आन्दोलनलाई थप सशक्त बनाउने बताए। रिले अनसनलाई जारी राख्दै थप आन्दोलनका कार्यक्रम अगाडी बढाउने पक्षमा आफूहरु रहेको चन्दको भनाई छ। 

नेपाल भारत सीमा नाका अन्तरगत बैतडीको झुलाघाटमा पक्की पुल निर्माण माग गर्दै दुई दशकदेखि शान्पिूर्ण रुपमा जिल्लाबासीले दबाब दिदै आएका थिए। तर शान्तिपूर्ण आन्दोलनले कुनै सुनवाई नभएपछि गत २२ गतेदेखि जिल्ला प्रशासन कार्यालय अगाडी रिले अनसन सुरु गरिएको छ। पुल निर्माणको माग पूरा नहुँदा सम्म अनसन जारी राख्ने चेतावनी दिईएको छ। तर सरकारले माग सम्बोधनका विषयमा अहिले सम्म कुनै तदारुकता देखाएको छैन।

  

कमेन्ट लोड गर्नुस