बैतडीमा २७ वर्षीया महिलालाई करणी गरेको अभियोगमा एक जना पक्राउ
२०८३ मंसिर १३, ०७:२४
बैतडीः बैतडीमा २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।
जिल्लाको डिलाशैनी गाउँपालिका–४ द्वरी बस्ने ६८ वर्षीय मोहन सिंह बोहरालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ। मोहनले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट धौनाखोलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
कमेन्ट लोड गर्नुस