सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित ३ जना पक्राउ

२०८३ मंसिर १०, ०८:०१ खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।

कञ्चनपुरको भीमदत्त नगरपालिका–११ होल्डिग सेन्टरबाट अवैध लागूऔषध खैरो हिरोइन १० ग्राम ६०० मिलिग्रामसहित कैलालीको गोदावारी नगरपालिका–१० बस्ने २० वर्षीय जीवन लुहार पक्राउ परेका हुन्। यसैगरी, भीमदत्त नगरपालिका–११ होल्डिग सेन्टरबाटै खैरो हिरोइन २ सय मिलिग्रामसहित दोधारा चाँदनी नगरपालिका–६ बस्ने २० वर्षकै कुशल सुनार पक्राउ परेका छन्।

यी दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बुधबार दिउँसो भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको छ।

 यसैगरी कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नम्वर १३ बाट अवैध लागूऔषध खैरो हिरोइन २ ग्राम ३३० मिलिग्रामसहित सोही ठाउँ बस्ने २९ वर्षीय राजेन्द्र कुँवर पक्राउ परेका छन्। कुँवरलाई इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ चेकजाँच गर्दा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको जनाएको छ। पक्राउ परेका तीनै जनामाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस