सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा डेढ तोलाको सुनको ब्रासलेट हरायो, फेला पार्नेलाई पुरस्कार दिइने

२०८३ मंसिर ९, ०४:३८ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा डेढ तोलाको सुनको ब्रासलेट हराएको छ। धनगढी उपमहानगरपालिका–३, बडहरा निवासी गोपालदत्त भट्टरार्इले बडहरास्थित पक्की कुवादेखि सेती प्रादेशिक अस्पताल जाने क्रममा सुनको ब्रासलेट हराएको जानकारी दिएका छन्।

उनका अनुसार बुधबार दिउँसो करिब ३ देखि ४ बजेको समयमा अस्पताल पुग्दा हातमा लगाएको ब्रासलेट नभएको थाहा भएको थियो। हराएको ब्रासलेट फेला पार्ने वा त्यसबारे कुनै जानकारी पाउने व्यक्तिलाई ९८४०६६९७१५ नम्बरमा सम्पर्क गरिदिन उनले अनुरोध गरिएको छ। 

साथै, हराएको ब्रासलेट फेला पारेर बुझाउने व्यक्तिलाई उचित पुरस्कारको समेत व्यवस्था गरिने बताइएको छ।

कमेन्ट लोड गर्नुस