कैलाली प्रमुखसहित सुुदूरपश्चिममा कार्यरत तीन एसपीको सरुवा, को आउँदैछन् ?
धनगढीः जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दको सरुवा भएको छ। नेपाल प्रहरीमा ६० जना प्रहरी उपरीक्षकको सरुवा हुँदा चन्द पनि सरुवामा परेका हुन्।
उनको नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)अन्तर्गत बैंकिङ कसुर अनुसन्धान शाखामा सरुवा भएको छ। चन्दको स्थानमा एसपी यादव ढकाल कैलाली आउने भएका छन्। यसअघि उनी लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए।
यस्तै, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत एसपी लालध्वज सुवेदीको नेपाल प्रहरी प्रदेश कार्यालय पोखरामा सरुवा भएको छ।
त्यसैगरी, सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीका प्रमुख एसपी वीरेन्द्र थापाको बागमती प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको छ। उनको स्थानमा एसपी टेकबहादुर क्षेत्री आउने भएका छन्।
प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले एसपीहरूको सरुवासम्बन्धी जानकारी दिएको हो।