सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाइस लाखबराबरका मालसामानसहित तीनवटा गाडी बरामद

२०८३ मंसिर ९, ०८:३० रासस

पर्सा: प्रहरीले रु २२ लाख दुई हजार ७०० बराबरका मालसामानसहित तीनवटा गाडी बरामद गरेको छ।

वीरगन्ज महानगरपालिका–१० रानीघाटस्थित भारतबाट भन्सार छली चोरीपैठारी गरी भित्र्याइएका रु चार लाख २३ हजार ५०० बराबरका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए। तीन वटा गाडीमाअ भन्सार छली ल्याउँदै गरेको रु १७ लाख ७९ हजार २०० बराबरका कपडालगायत सामान नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएका गाडी र सामान वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ।

कमेन्ट लोड गर्नुस