सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका शेरबहादुर बिष्टले गरे कपडा बैंकलाई सहयोग

२०८३ मंसिर ८, १२:०८ खबर संवाददाता

धनगढी : धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाई ४८ थान कपडा सहयोग गरिएको छ ।

धनगढी–२ सन्तोषी टोलका शेरबहादुर बिष्टले कपडा बैंकमै पुगेर सहयोग हस्तान्तरण गरेका हुन् ।

धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो । कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ । हुनेले सहयोग गर्ने र नहुनेलाई सहयोग पुगाउने उद्देश्यले कपडा बैंक स्थापना गरिएको हो । धनगढीका स्थानीयले कपडा बैंकलाई कपडा सहयोग गर्दै आएका छन् । 


 

कमेन्ट लोड गर्नुस