कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्।
जिल्लाको भीमदत्त नगरपालिका–२ उल्टाखामबाट गोप्य सूचनाको आधारमा अवैध लागूऔषध खैरो हिरोइन ५५० मिलिग्रामसहित सोही ठाउँ बस्ने १९ वर्षीय लक्ष्मण कपाडी पक्राउ परेका हुन्। कपाडीलाई लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी बागफाँटा, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सोमबार दिउँसो चेकजाँच गर्दा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।