कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
२०८३ मंसिर ७, ०७:२३
कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य १ लाख ३२ हजार ४ सय बराबरको सामान प्रहरीले बरामद गरेको छ। भन्सार छलीको सुटपिस, हुडी, स्विटर, बोइलर कुखुरा लगायतका सामान आइतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ।
कमेन्ट लोड गर्नुस