सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री बालेन्द्र शाह नयाँ दिल्लीमा, भारतीय राज्यमन्त्रीले गरे स्वागत

२०८३ मंसिर ६, ०४:५४ खबर संवाददाता

धनगढी: प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबार अपराह्न नयाँ दिल्ली पुगेका हुन् । उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका थिए ।

प्रधानमन्त्री पदमा नियुक्त भएपछि शाहको यो पहिलो भारत भ्रमण हो । भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, भारतीय विदेशमन्त्री एस. जयशंकरले आइतबार नै प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

भ्रमणको दोस्रो दिन सोमबार प्रधानमन्त्री शाहले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् । उक्त वार्तामा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, व्यापार, पारवहन, ऊर्जा, लगानी तथा पूर्वाधार विकासलगायतका विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।

दुईदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

कमेन्ट लोड गर्नुस