सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा चट्टयाङ लागेर १३ घाईते, २ को अवस्था चिन्ताजनक

२०७५ जेठ ११, ०९:४८

डडेल्धुरामा चट्टयाङ लागेर १३ घाईते भएका छन भने दुई जनाको अवस्था चिन्ताजनक रहेको छ । परशुराम नगरपालिका–६, छेलामा हिजो साँझ परेको चट्टयाङ लागेर १३ जना घाईते भएका हुन् । स्थानीयका दुई वटा घरमा पानी र हावाहुरीसँगै आएको चट्टयाङले लागेर छेला गाउँकी ३३ वर्षीय रेग्मादेवी बोहरा, ४५ वर्षीय कर्णबहादुर धामी, २७ वर्षीय हरिनादेवी दमाई, १९ वर्षीय ललिता धामी, ४५ वर्षीय बेलादेवी धामी, २५ वर्षीय मायादेवी धामी १२ वर्षीया सविना धामी र ७० वर्षीय वृद्धा धौलीदेवी धामी घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

घाईते ६ जनाको अवस्था समान्य रहेको भए पनि बेलादेवी धामी र मायादेवी धामीको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई उपचारका लागि जोगबुडा अस्पतालमा ल्याईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । यस्तै परशुराम नगरपालिका– ७ सादनीमा चट्टयाङ लागेर ५ जना घाईते भएका छन् । घाइते हुनेहरुमा १४ वर्षीय धनराज भट्ट, ५० वर्षीय रत्नादेवी भट्ट, १३ वर्षीय हरिश भट्ट, ४५ वर्षीय जनकराज भट्ट र १७ वर्षीय लक्ष्मी भट्ट रहेको प्रहरी नायव उपरीक्षक जोशीले बताए ।
 

कमेन्ट लोड गर्नुस