सुदूर नेपाललाई विश्वसँग जोड्दै

यस्तो छ आजको मौसम पूर्वानुमान

२०८३ मंसिर ५, ०६:१४ खबर संवाददाता

काठमाडौँ: हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी प्रदेश र मधेस प्रदेशमा आंशिक बादल लागेको छ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै क्षेत्रमा साथै देशको हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशको तराई  क्षेत्रमा तथा मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ। बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

राति कोशी प्रदेशको तराई क्षेत्रमा लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा गण्डकी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ। आइतबार देशका हिमाली क्षेत्रमा तथा कोशी प्रदेशको तराई  क्षेत्रमा आंशिक बादल लाग्नेछ।  

कमेन्ट लोड गर्नुस