सुदूर नेपाललाई विश्वसँग जोड्दै

चितवनमा धान उत्पादन ८ प्रतिशतले वृद्धि

२०८३ मंसिर ४, ०५:१५ रासस

धनगढी: चितवन जिल्लामा धान उत्पादनमा आठ प्रतिशतले वृद्धि भएको छ । जिल्लामा धान उत्पादनको क्षेत्रफल घटे पनि उत्पादन भने बढेको छ ।

जिल्ला कृषि बिकास कार्यालय, चितवनका अर्थविज्ञ निर्मल पौडेलका अनुसार गत वर्षको तुलनमा यस वर्ष ५६ हेक्टर क्षेत्रफल जग्गामा धानखेती कम भए पनि उत्पादन भने बढेको हो । धान लगाउने जमिनमा सुन्तला, कागती र तरकारीखेती गरेकाले क्षेत्रफल घटेको हो ।

गत वर्ष २७ हजार ३२४ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । यस वर्ष २७ हजार २६८ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको छ । यस वर्ष एक लाख ४७ हजार २५२ दशमलव ३३ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष एक लाख ३५ हजार ५७६ मेट्रिक टन धान उत्पादन भएको थियो ।

जिल्लामा सावा मन्सुली, राम, सावित्री, हर्दिनाथ ५, सावा सव १, गंगोत्री, ताइचुङ, हर्दिनाथ ६, काँशीनाथ, मक्कावाला, कुवेर, कावेरी, गोरखनाथ, एमपिआर ५०५ लगायतका जातको धानखेती गरिएको थियो ।

यस वर्ष जिल्लामा धानखेतीका लागि उपयुक्त वातावरण बन्नु र रोगको सङ्क्रमण कम रहेका कारण उत्पादन वढेको उनले बताए । 

उनले अनुसार यस वर्ष मौसमले साथ दिएको, किसानले समयमा मल प्राप्त गरेको, किसानले धानखेती समयमा भित्र्याउन सकेका कारण उत्पादन बढेको बताए । 

कमेन्ट लोड गर्नुस