सुदूर नेपाललाई विश्वसँग जोड्दै

लागूऔषध मुद्दामा फरार टीकापुरका एक जना पक्राउ

२०८३ मंसिर ३, ०७:१३ खबर संवाददाता

धनगढीः लागूऔषध मुद्दामा फरार कैलालीको टीकापुरका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा ६ महिना कैद सजाय तोकिएको टीकापुर नगरपालिका–१ बनगाँउ बस्ने ३३ वर्षीय सुरज पुन मगर पक्राउ परेका हुन्। मगरलाई इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो उनकै घर ठेगानाबाट पक्राउ गरेको छ।

कमेन्ट लोड गर्नुस