सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीकी इन्दीरा न्यौपानले गरिन् कपडा बैङ्कलाई सहयोग

२०८३ मंसिर २, ०२:२० खबर संवाददाता

धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाई २८ थान कपडा सहयोग गरिएको छ । धनगढी–१ शिवनगरकी इन्दीरा न्यौपानेले कपडा बैंकमै पुगेर कपडा सहयोग गरेकी हु्न्।

धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो। कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ। हुनेले सहयोग गर्ने र नहुनेलाई सहयोग पुगाउने उद्देश्यले कपडा बैंक स्थापना गरिएको हो।
 

कमेन्ट लोड गर्नुस