सुदूर नेपाललाई विश्वसँग जोड्दै

विद्यालयका निम्ति जग्गा खरिद गर्न देउसीभैलोबाट जुट्यो ९ लाख

२०८३ मंसिर २, १०:५३ रासस

हुम्ला :अदानचुली गाउँपालिका–३ स्थित छत्रपाल आधारभूत विद्यालयका निम्ति जग्गा खरिद गर्न देउसीभैलोबाट रु आठ लाख ९५ हजार ६११ सङ्कलन भएको छ ।

विद्यालय परिसर विस्तार गर्न रकम जुटाउने उद्देश्यले देउसीभैलो कार्यक्रम सञ्चालन गरिएको तथा त्यस क्रममा उक्त रकम सङ्कलन भएको विद्यालयका प्रधानाध्यापक जगत्बहादुर भियालले बताए ।

उक्त विद्यालयका शिक्षक अखिल भण्डारीले रु ५० हजार तथा आफूले रु २५ हजार प्रदान गरेको जानकारी दिँदै उनले सबैभन्दा बढी रकम वडा नं ३ बाट प्राप्त भएको बताए ।

कमेन्ट लोड गर्नुस