सुदूर नेपाललाई विश्वसँग जोड्दै

पशुपंक्षी र जुवातास मुद्दामा फरार दार्चुलाका ४ जना पक्राउ

२०८३ मंसिर १, ०८:०८ खबर संवाददाता

दार्चुलाः पशुपंक्षी र जुवातास मुद्दामा फरार दार्चुलाका ४ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पशुपंक्षी सम्बन्धी कसूर मुद्दामा ५ महिना १४ दिन कैद सजाय तोकिएका महाकाली नगरपालिका–१ लास्कु बस्ने ४३ वर्षीय सुरन राम कामी, ३० वर्षीय तेज राम लुहार र २८ वर्षीय जय राम चुनारा रहेका छन्।

यसैगरी जुवातास मुद्दामा २ महिना २५ दिन कैद सजाय र १८ हजार जरिवाना तोकिएको दुहुँ गाउँपालिका–५ दुल्ला बस्ने ४५ वर्षीय देव राम पार्की पक्राउ परेका हुन्। जिल्ला अदालत दार्चुलाको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका चारै जना प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको छ।
 

कमेन्ट लोड गर्नुस