कारको डिकीभित्र ६ किलो बढी चरेस, चालकसहित दुई जना पक्राउ
काठमाडौंः मकवानपुरको थाहा नगरपालिका–९, चित्लाङबाट ६ किलो ४० ग्राम चरेससहित दुई जना पक्राउ परेका छन्।
गए राति करिब १ः४५ बजेको समयमा हेटौंडाबाट काठमाडौं आउँदै गरेको बा.प्र.०१–०३५ च ४५६१ नम्बरको कार चेकजाँच गर्ने क्रममा उक्त कारको पछाडि डिकीबाट उक्त परिमाणको चरेस बरामद भएको प्रहरीले जनाएको छ। लगेजभित्र लत्ताकपडाले छोपेर सेतो प्लास्टिकमा ¥यापिङ गरी लुकाइएको अवस्थामा पाँच पोका चरेसजस्तो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा गाडी चालक काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ स्थायी घर भई हाल बनेपा नगरपालिका–८ तीनदोबाटो बस्ने ३३ वर्षीय हेविन श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–११ कोल्टाँडी स्थायी घर भई हाल भरतपुर–२ क्षेत्रपुर बस्ने २१ वर्षीया दिव्याश्री काफ्लेलाई रहेका छन्। बरामद लागुऔषध, गाडी र नियन्त्रणमा लिइएका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नियन्त्रणमा राखेको प्रहरीले जनाएको छ।