रहेनन् डेउडा गायक प्रेम कोली
२०८३ कार्तिक २८, ११:०८
धनगढीः डेउडा गायक प्रेम कोलीको निधन भएको छ। बैतडीको पाटन नगरपालिका–३ गुजर घर भएका कोलीको उपचारका क्रममा निधन भएको हो।
भारतको रोजगारी गर्दै आएका कोलीलाई गएको कार्तिक २२ गते गाडीले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका कोलीको शुक्रबार राति उपचारकै क्रममा निधन भएको हो।
४३ वर्षीय कोलीका चार छोराछोरी र श्रीमती छन्।
कमेन्ट लोड गर्नुस