सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा चितुवाको छालासहित दुई जना पक्राउ

२०८३ कार्तिक २७, ०५:१८ खबर संवाददाता

धनगढी: कैलाली प्रहरीले चितुवाको छालासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–४ बाट उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा बझाङको छबिसपाथिभेरा गाउँपालिका–३ निवासी ३६ वर्षीय अशोक धामी र कैलालीको टीकापुर नगरपालिका–३ निवासी ४७ वर्षीया सीतादेवी चौधरी रहेका छन्।

शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरूलाई प्रहरीले चेकजाँच गर्ने क्रममा साथबाट एक थान चितुवाको छाला फेला पारेको थियो।

चितुवाको छालासहित नियन्त्रणमा लिइएका दुवै जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय कैलालीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले घटनाबारे जानकारी दिएका हुन्।

कमेन्ट लोड गर्नुस