सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा भिरबाट लडेर रुखको जरामा अड्किएकी वृद्धाको सकुशल उद्धार

२०८३ कार्तिक २५, ०७:३९ खबर संवाददाता

बझाङः बझाङमा भिरबाट लडेर रुखको जरामा अड्किएकी वृद्धाको सकुशल उद्धार गरिएको छ।

बझाङको केदारस्युँ गाउँपालिका ९ सेकुमा भिरबाट लडेर रुखको जरामा अड्किएकी ८४ वर्षीया वृद्धाको सकुशल उद्धार गरिएको हो। बुधबार दिउँसो अन्दाजी बाह्र बजेर पचास मिनेट जाँदा सोही स्थानमा बस्ने ८४ वर्षीया रत्ना बिष्ट बाटोमा हिँड्ने क्रममा बाटोबाट अन्दाजी पाँच मिटर तल भिरमा लडेकी थिइन् र उनी रुखको जरामा अड्किएको अवस्थामा फेला परेकी थिइन्।

घटनाबारे जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट झोताबाट खटिएको चार जनाको प्रहरी टोली र स्थानीय बासिन्दाहरूको सहयोगमा दिउँसो अन्दाजी एक बजेर बीस मिनेट जाँदा उनको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ। उद्धार पश्चात उनलाई सुरक्षित रूपमा आफन्तको जिम्मा लगाइएको छ।

कमेन्ट लोड गर्नुस