सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट ८ जना जुवाडे नगदसहित पक्राउ

२०८३ कार्तिक २५, ०७:२४ खबर संवाददाता

धनगढीः कैलालीबाट ८ जना जुवाडे नगदसहित पक्राउ परेका छन्।

कैलालीको बर्दगोरिया गाउँपालिका–६ राजिपुर स्थित ४१ वर्षीय शिवरतन थारुको घरमा जुवातास भई रहेको छ भन्ने गोप्य सूचनाको आधारमा जुवातास खेलिरहेको अवस्थामा निज शिवरतन थारुसमेत ८ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय सडकपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद ६४ हजार ७७० र ३ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस