सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियामा युवतीमाथि बलात्कार प्रयासको आरोपमा क्याम्पसका लेखापाल पक्राउ

२०८३ कार्तिक २१, ०९:१२ खबर संवाददाता

धनगढी: कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका लेखापाल युवतीमाथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा गोदावरी नगरपालिका–७ निवासी ३८ वर्षीय सिद्धराज भट्ट रहेका छन्। 

उनीमाथि कात्तिक ११ गते दिउँसो क्याम्पसमा परीक्षा दिन आएकी १८ वर्षीया युवतीमाथि जबरजस्तीकरणीको प्रयास गरेको आरोप लागेको छ। 

जिल्ला प्रहरी कार्यालयले भट्टलाई जबरजस्तीकरणी उद्योगमा पीडित युवतीले दिएको जाहेरीका आधारमा पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस