सुदूर नेपाललाई विश्वसँग जोड्दै

यमनमा साउदी अरब गठबन्धनको आक्रमण, २० जनाको मृत्यु

२०८३ कार्तिक २१, ०६:१९ खबर संवाददाता

यमन: यमनमा साउदी अरब गठबन्धनको आक्रमणबाट २० जनाको मृत्यु भएको छ।

हुथी विद्रोहीहरूले शुक्रबार ताइज प्रान्तको तरकारी बजारमा साउदी आक्रमणबाट २० जनाको मृत्यु भएको दाबी गरेका हुन्। यमनी स्थानीय अधिकारीहरूले भने आक्रमणमा इरान समर्थित हुथी समूहलाई नै दोषी ठहराएका छन्।

“साउदी शत्रुका विमानहरूले अल–वाजिया शहरको तरकारी बजारलाई धेरै मिसाइलले निसाना बनाएका छन्, जसबाट २० नागरिकको मृत्यु र १० जना घाइते भएका छन्,” हुथी स्वास्थ्य मन्त्रालयका प्रवक्ता अनिस अल–असबाहीले उनीहरूको सबा समाचार एजेन्सीमार्फत जानकारी गराएका छन्। स्थानीय अधिकारीहरूले भने हुथीहरूलाई नै दोष दिएका छन् र ‘सैन्य विमानले कुनै हवाई कारबाही गरेको छैन’ भनेका छन्।

कमेन्ट लोड गर्नुस