सुदूर नेपाललाई विश्वसँग जोड्दै

एनपिएल खेल्न नेपाल आइपुगे फेबियन एलेन

२०८३ कार्तिक १९, ०३:३४ रासस

काठमाडौँ : वेष्ट इण्डिजका चर्चित अलराउन्डर फेबियन एलेन तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० प्रतियोगिता खेल्न आज नेपाल आइपुगे । उनलाई  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सुदूरपश्चिम रोयल्सका प्रतिनिधिले स्वागत गरे ।

एलेनले हालसम्म वेष्ट इण्डिजका लागि २० एकदिवसीय खेल, ४२ टी–२० अन्तरराष्ट्रिय खेल खेलेका छन् । उनले एकदिवसीयमा २०० रन बनाउनुभएको छ भने सात विकेट लिका छन् ।

यस्तै, एलेनले टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा २९८ रन जोड्नु भएको छ भने २४ विकेट लिएक छन् । उनले समग्र टी–२० क्रिकेटमा १७८ खेलमा एक हजार ६३४ रन बनाएक छन् ।

एलेनले इण्डियन प्रिमिय लिग (आइपिएल), क्यारेबियन प्रिमियर लिग (सिपिएल), मेजर लिग क्रिकेट, बिग बास लिग (बिबिएल), लङ्का प्रिमियर लिग (एलपिएल), आइएल टी–२०, एसए टी–२० र पाकिस्तान सुपर लिग (पिएसएल)खेलिसक्नुभएको छ । एनपिएल उनका लागि नवौँ व्यावसायिक लिग हो ।
 

कमेन्ट लोड गर्नुस